गोरखा– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले यातायात व्यवसायीको समस्या राज्यले नदेखेको आरोप लगाएका छन् । गोरखा दराैंदी यातायात सेवा कम्पनीको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘लाखौँ रुपैयाँ लगानी गरेर नागरिकहरूलाई सेवा दिएको सरकारले देखेको छैन । यातायात व्यवसायीहरूले कमाएर खाए मात्रै भनिरहेको छ,’ उनले भने,’ सरकारका सबै निकायले यातायात व्यवसायीलाई राम्रो नजरले हेर्न चाहिँ सकेन।’
व्यवसायी नारायण दानीले बाटोको स्थलगत निरीक्षण नगरी गुगल म्याप हेरेर भाडा निर्धारण गरेकाले गोरखामा कायम गरिएको भनिएको भाडा दर स्वीकार्य नभएको बताए ।
याे पनि,
गोरखाका सडकको नयाँ भाडादर निर्धारण, अब कहाँको कति तिर्नु पर्छ ?
जिल्लाका विभिन्न राजनीतिक व्यक्तिसहित उपस्थित कार्यक्रममा नै यातायातका व्यवसायी खत्रीले सरकारले लागु गरेको नयाँ भाडा डर कार्यान्वयनमा लैजान नसक्ने चेतावनी दिए । उनले भाडा दर जिल्लाका केही भित्री कोठामा बसेर गरेको भन्दै स्थलगत अध्ययनपछि मात्रै भाडा दर समायोजन गर्न अनुरोध गरे ।
२०६२/६३ को राजनीतिक आन्दोलन पश्चात् स्थापना भएको गाेरखा यातायात सरकारले अनिवार्य कम्पनी मोडेलमा जानुपर्ने नियम लगाएपछि गोरखा दराैंदी यातायातका रूपमा काम गरेको हो ।
सुविधा सम्पन्न आफ्नै भवनमा बनाएको कम्पनीले गोरखाका ग्रामीण रुटमा एक्लाैटी गाडी सञ्चालन गर्दै आइरहेको छ । जिल्लाका करिब ४५ भन्दा धेरै गतब्यमा आफ्नो सञ्जाल कायम गरेको दरौँदी यातायातले भूकम्पपछि निर्माण भएका सडकमा कच्चीकै दरमा भाडा असुल्दै आइरहेका थियो । कम्पनीले हाल गोरखा र जिल्ला बाहिर गरी करिब २६४ वटा बस सञ्चालन गरिरहेको छ ।