काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागी थियो।
भेटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
वाङ बुधबारदेखि नेपाल भ्रमणमा छन्।