काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको शेयर बिक्रीबारे गम्भीर चासो राखेका छन् ।
प्रधानमन्त्रीले प्रचलित कानूनी प्रावधानको पालना भए नभएको अध्ययन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिनुभएको छ ।’
त्यसो त सिंहदबारमा सम्पादकहरूसँग कुरा गर्दै एनसेलको शेयर बिक्रीबारे सरकारले टीम नै बनाएर अध्ययन गरिरहेको बताए । उनले सरकारको सहमतिबिना एनसेल किनबेच हुन नसक्ने बताए ।
एनसेलको शेयर खरिद प्रक्रियालाई लिएर सार्वजनिक लेखा समितिले चासो देखाएको छ । समितिले उक्त कम्पनीको शेयर बिक्रीका सन्दर्भमा ९ जिज्ञासाको जवाफ खोजेको छ ।
आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्र लेखेर समितिले एनसेलमा रहेको आजियाटा ग्रुपको शेयर खरिद बिक्रीका सन्दर्भमा लेखा समितिले चासो देखाएको हो ।