काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ परेका छन् ।
फ्लाइ दुबईको जहाजबाट शनिबार राति ११ बजेर ५१ मिनेट विमानस्थलमा अवतरण गरेका उनी ६ किलो ५७५ ग्राम सुनसहित पक्राउ परेका हुन् ।
सुन भन्सारबाट पास भइ बाहिरिसकेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका इजिप्टका नागरिक रहेका बताइएको छ ।
साथै शंकास्पद दुईजना सुडानी नागरिक पनि पक्राउ परेका र उनीहरुमाथि पनि अनुसन्धान भइरहेको जनाइएको छ ।
यसअघि दुई दिन अघि मात्रै १४ किलो सुन समातिएको थियो । सुनसहित पक्राउ परेका व्यक्तिलाई गौशाला प्रहरी वृत्त लगिएको छ । विस्तुत विवरण केही बेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।