काठमाडौं– गोरखाली मोडल तथा नायिका जोनिशा गुरुङ सम्मानित भएकी छन् ।
मंगलबार राजधानीमा आयोजित चुम श्याग्या शताब्दी पर्व कार्यक्रममा जोनिशालाइ चुमनुम्ब्री गाउँपालिकाको पहिलो नायिका तथा मोडलको अवार्ड बाट सम्मान गरिएको हो ।
उत्तरी गोरखामा रहेको चुम श्याग्या सय वर्ष अहिंसा क्षेत्र घोषणा भएको अवसरमा आयोजित उक्त कार्यक्रममा चुमनुम्ब्री गाउँपालिका प्रमुख निमा लामा र प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थित रहेको थियो ।
थुप्रै म्युजिक भिडियो र तमु चलचित्रमा आफूलाई प्रस्तुत गरिसकेकी नायिका गुरुङले आफ्नै निर्माणमा आफ्नै गाउँ र पालिकाको दृश्य समेटिएको नयाँ म्युजिक भिडियो सार्वजनिक गर्ने तयारीमा छिन ।