काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरू फेरेर भए पनि परिणाम देखिने काम गर्ने बताएका छन्।
मोरङको मिक्लाजुङ गाउँपालिका-५ मा माओवादीको स्थानीय कमिटीले शुक्रबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यसो भनेका हुन्।
आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने पनि उनले बताए। त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्ने प्रतिबद्धता उनले सुनाए।
प्रतिबद्धता अनुसार काम नभए मन्त्री फेरेर भएपनि कामलाई तीव्र पारिने उनको भनाइ थियो।
उनले स्थानीयलाई आश्वासन दिँदै लाभाखोला वृहत् खानेपानी योजना निर्माण पूरा गराउने प्रतिबद्धता जनाए।
उनले मोरङको पथरी शनिश्चरेको सुकुम्बासी समस्या समाधानमा पहल गर्ने पनि बचन दिए।