पोखरा– पोखरा महानगरपालिका २७ डाँडाकोनाक जारी पोखरा लेखनाथ महोत्सवको प्रवेश गेटमा बस दुर्घटना भएको छ ।
बाग्लुङबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बसको पोखरा लेखनाथ महोत्सवको प्रवेश गेट अगाडि ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
ब्रेक फेल भई सडकको दायाँ साइडको माटोको ढिस्कोमा ठक्कर खाएर दुर्घटनामा परेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
बस अनियन्त्रित भई महोत्सवमा बाटा (गमला) बिक्री गर्न आएकी भारत घर भई पोखरा लेखनाथ बस्ने ३० वर्षीया इस्श्रावती कुमारीलाई ठक्कर दिँदा मृत्यु भएको डिएसपी विकले बताए।
बसको ठक्करबाट तनहुँका ३६ वर्षीय रामजी गन्धर्व र पर्साका ४६ वर्षीया चिजमाया गन्धर्व घाइते भएका छन् । घाइतेको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको र बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।