काठमाडौं- लक्ष्मी सनराइज बैंकले ‘ई-कमर्स अक्वायरिङ गेटवे’ सेवा सञ्चालनमा ल्याएको छ। नेप्सअन्तर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराइज पहिलो बैंक रहेको छ।
यो सेवा नेप्स र भिजाको सहायक संस्था साइबरसोर्ससँगको सहकार्यमा विकास गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार यस सेवाको सचालनपछि अब लक्ष्मी सनराइज बैंकका व्यापारी ग्राहकहरुले ई-कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्नेछन्।
ई-कमर्स अक्वायरिङ गेटवे व्यापारीका लागि ग्राहकमार्फत भुक्तानी लिनका लागि सजिलो मध्यम हुन सक्ने बैंकले बताएको छ। उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोबार स्वीकार गर्न सक्नेछन्।
त्यस्तै, उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताबिना छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ। यो सुविधाले देशको ई-कमर्स कारोबार बढाउने नेप्स तथा लक्ष्मी सनराइज बैंकले विश्वास लिएको छन्।
लक्ष्मी सनराइज बैंकले देश भर रहेका २६३ शाखा, २८ एक्स्टेन्सन काउन्टर, ३२८ एटीएम, १४१ शाखा रहित बैंकिङ र ५ हजारभन्दा बढी रेमिटेन्स एजेन्टमर्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ।