काठमाडौं– गायिका एलिना चौहान प्रेम सम्बन्धमा रहेको चर्चा सेलाउन नपाउँदै ब्रेकअपको खबर बाहिरिएको छ ।
अष्ट्रेलियामा बस्ने विष्णु सापकोटासँग प्रेममा रहेकी उनको ब्रेकअप भएको हो । गायिका एलिनाले विष्णुसँगको प्रेममा ब्रेकअप भएको पुष्टि गरेकी छन् ।
‘विष्णुसँग मेरो केही अगाडि नै ब्रेकअफ भएको हो’, एलिनाले भनिन् ‘यो बिषय बाहिर आएको थिएन ।’
आफूले विष्णुलाई भुलेर अगाडि बढिसकेको समेत उनको भनाइ छ ।
‘ब्रेकअपपछि म केही समय तनावमा थिएँ । त्यसबाट पनि अहिले राहत पाइसकेकी छु’, उनले भनिन्, ‘अब म त्यो प्रेम सम्झन चाहन्नँ ।’
करिब एक बर्ष अगाडि तीजमा सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया जाँदा एलिनाले विष्णुलाई भेटेकी थिइन् । त्यसको केही समयपछि उनीहरूको अफेयर्स मिडियामा आएको थियो ।
दुबैले प्रेम खुलारुपमा स्वीकार गर्दै विभिन्न भिडियो समेत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।