काठमाडाैं– गायक रमेश गोम्जा र गायिका लक्ष्मी स्याङ्तानको स्वरमा सजिएको नयाँ तामाङ भाषाको गीत ‘ल्होसार खामम सेम ताङ्जि’ बोलको गीत बजारमा आउने तयारीमा रहेको छ ।
कमल सौरागको एरेन्ज जयवीर तामाङको लय र सागर वाइबाको म्युजिक रहेको सोही गीतमा डिका गुरुङकाे मिक्स रहेको छ ।
तामाङ गीतको म्युजिक भिडियोमा चर्चित मोडल डान्सर एवम् म्युजिक भिडियो निर्देशक समेत गरिसकेकी सुनिता वाइबाको अभिनय भिडियोमा देख्न सकिन्छ ।
उनलाई अभिनयमा गीतका गायक रमेश गोम्जाले साथ दिएका छन् भने भिडियोलाई जोन राईले निर्देशन र सम्पादन गरेका हुन भने देव दोर्जे लामाले छायाङ्कन गरेका छन् ।
म्युजिक भिडियोको पोस्टर सार्वजनिक गर्दै केही दिनमा म्युजिक भिडियो सार्वजनिक गरिने मोडल वाइबाले जानकारी गराइन ।