काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्सले ट्राफिक प्रहरीलाई चेकिङ बोर्ड प्रदान गरेको छ।
प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोशराज पोखरेललाई करिब १८ लाख रुपैयाँ बराबरको १९० थान चेकिङ बोर्ड हस्तान्तरण गरेका हुन्।
कम्पनीका अधिकृत पराजुलीले काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले गर्ने चेकिङलाई थप व्यवस्थित र सुरक्षित बनाउन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बोर्ड प्रदान गरेको बताए।
चेकिङ बोर्डहरुको निरन्तर प्रयोग र थप उपयोगी बनाउन आगामी पाँच वर्षसम्म आवश्यक मर्मतसम्भार समेयस कम्पनीले गर्नेछ।
कम्पनीले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम संचालन गर्ने प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए।
कार्यक्रममा बोल्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोखरेलले कम्पनीले गरेको सहयोगका लागि धन्यवाद दिए।
सहयोगले ट्राफिक प्रहरीलाई सवारी दुर्घटना न्यूनीकरण गर्नुका साथ साथै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन मद्दत पुग्ने बताए।
आगामी दिनमा पनि नेपाल लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्दै ट्राफिक तथा सडक सुरक्षासँग सम्बन्धित कार्यक्रमहरु संचालन गर्न आतुर रहेको बताए।