काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुखले राजीनामा दिएका छन् ।
विमानस्थलका प्रमुखसमेत रहेका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका हुन ।
गत वैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका ठकुरीले १० महिना पुरा गरेर राजीनामा दिएका हुन । तर, उनले किन राजीनामा दिए ? भन्ने बारेमा कुनै कारण खुलिसकेको छैन ।
गत १३ वैशाखदेखि विमानस्थल सुरक्षा प्रमुख भएर काम गरेका चन्द गृह मन्त्रालयले प्रतिवेदन तयार पारेपछि रुष्ट भएका हुन्।
अध्यागमन विभागका कर्मचारीलाई कारबाही नगरेर आफूमातहतका प्रहरीलाई मात्रै कारबाही गरेपछि उनी राजीनामा दिने निर्णयमा पुगेको एक प्रहरी अधिकारी बताउँछन्।
चन्द प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची हुन्। उनी प्रदेश प्रहरीको नेतृत्व सम्हाल्न चाहन्थे। त्यसमा पनि कुँवरसँग उनको कुरा मिलिरहेको थिएन। अहिले अध्यागमनको कर्मचारीतन्त्रसँगको द्वन्द्वमा समेत संगठनको नेतृत्वबाट साथ नपाएको उनको बुझाइ छ।
पछिल्लो समयमा बढ्दो सुन तस्करी तथा प्रहरी र अध्यागमन कर्मचारीका बिचमा भइरहेका असहमति र विवाद देखा परेको थियो ।