जनकपुरधाम– धनुषाको मिथिला बिहारी नगरपालिकाको जनप्रतिनिधिहरूले नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
नगरपालिकाले गत १० वैशाखमा करार कर्मचारी भर्नाको विज्ञापन गरिएको तर अहिलेसम्म नतिजा प्रकाश नगरी नगर प्रमुख राजेन्द्रप्रसाद यादवले आलटाल गरेको आरोप जनप्रतिनिधिहरूको छ ।
करार कर्मचारीहरूको नतिजा प्रकाश नभएको कारणले नगरपालिकाको एम्बुलेन्स, जेसिबिलगायत अन्य सवारी साधनहरू प्रयाेगविहिनका रूपमा परिणत भैँ रहेको वडा नम्बर ८ वडाध्यक्ष जिवछ यादव दावी गर्छन्।
१० वटा वडा रहेको नगरपालिका वडा कार्यालयहरूमा कार्यालय सहयोगी नभएको कारणले काम गर्न एकदम कठिनाइ भएको वडा नम्बर ९ वडा अध्यक्ष बिन्देशवर यादवले बताए ।
उनले भने, ‘नगर प्रमुखलाई धेरै पटक आग्रह गर्दा सुनेन बाध्य भएर तालाबन्दी गरेका छौँ ।’