काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटना भएको छ ।
महासचिव पोखरेल चढेको गाडी सुर्खेतबाट दैलेख जाने क्रममा दुर्घटना भएको हो।
उनलाई सामान्य चोट लागेको पार्टी सचिवालयका सचिव भीष्म अधिकारीले बताए ।
उनले भने,‘अहिले ट्रमा सेन्टरमा गएर जाँच गर्दा उहाँलाई सामान्य चोटपटक मात्र देखिएको छ । उनी पार्टीकाे कार्यक्रमका लागि दैलेख जाँदै थिए । गाडीमा सवार अन्यकाे पनि अवस्था सामान्य रहेकाे छ ।’
उपमहासचिव विष्णु रिमालका अनुसार गाडी शनिवार दुर्घटना भएको थियो । त्यसक्रममा कर्णाली प्रदेश कमिटी उपसचिव पद्मा खड्को हात फ्याक्चर भएको छ ।
गाडी पल्टिएपछि अर्को गाडीमा चढेर महासचिव पोखरेल दैलेख बजारमा जिल्ला अधिवेशन उद्घाटन गरेर काठमाडौं फर्किएको दैलेखबाट एमाले केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिए ।