काठमाडाैं- अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलन-२०८० बाट पोखरा विन्ध्यवासिनी मन्दिरका चर्चित ज्योतिषी तथा वास्तुविद् भबेश भट्टराई शास्त्री पशुपतिनाथ अवार्डबाट सम्मानित भएका छन् ।
दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समिति र एष्ट्रो वास्तु एन्ड साइन्सेस हव पटना भारतको संयुक्त आयोजनामा काभ्रेको धुलिखेलमा भएको अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलन २०८० बाट पोखराका ज्योतिष भट्टराई अवार्डबाट सम्मानित भएका हुन्।
म्याग्दी मालिक गाउँपालिका-७, बिम अर्कलामा जन्मिएका उनी आफ्नो कर्मथलो पोखरामा बनाउँदै आएका छन् । विगत ८ वर्षदेखि ज्योतिष वास्तु परामर्श, ज्योतिष वास्तु गर्दै आएका छन् ।
विन्ध्यवासिनीमा रहेर संस्कृत, ज्योतिष विषयमा भने पार्वती जन्म भूमि ज्योतिषका खानी पुन्यभुमि पाङमा रहेर निकै अनुभव गुरुहरूको सामीप्यमा रहेर अध्ययन अनुभव र अनुसन्धान गर्दै ज्योतिष वास्तु सेवा प्रदान गर्दै आएका छन् । उनले अनलाइन मार्फत विश्वभर रहेका नेपालीहरूलाई सेवा परामर्श पनि दिइरहेका छन् ।
उनी अहिले दक्षिण एसियाली ज्योतिष गण्डकी प्रदेशको कोषाध्यक्ष र नेपाल ज्योतिष परिषद्का कार्यकारी सदस्य पनि रहेर काम गरेका छन् ।
धुलिखेलमा अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी, विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेल, एसियन एष्ट्रोलोजर कङ्ग्रेस अध्यक्ष मण्डलका महासचिव प्रा डा एस.के शास्त्री, नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक ज्यो.पं. सूर्यप्रसाद ढुङ्गेल, भारतबाट दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समितिका सह अध्यक्ष आचार्य डा. अशोककुमार मिश्र, दक्षिण एसियाली ज्योतिष महासंघका प्रमुख सल्लाहकार प्रा डा माधवप्रसाद पाण्डे उपस्थिति थिए ।
यस्तै नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष ज्यो. माधवराज पाण्डे, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति बंगलादेशका कोषाध्यक्ष फकिर एसिर अरफत मेहदी, श्रीलंकाबाट दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष डा. जी. एम. गुणपाला, दक्षिण एसियाली ज्योतिष महासंघ भुटानका सभापति डा. प्रेमसिंह सपाङ्ग राई, विश्व ज्योतिष महासंघ मलेसियाका सभापति डा. टी. सिल, थाइल्यान्डबाट तनुश्री दुवे, विश्व ज्योतिष महासंघ बर्माका सभापति डा.नारायणप्रसाद पाण्डे र अमेरिका, जापान, चीन लगायतका विभिन्न देशका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
सम्मेलनमा ज्योतिष, वास्तु तथा तन्त्रका विषयमा छलफल, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विशिष्ट व्यक्तिहरूलाई सम्मान, महासंघको अनुसन्धानात्मक मुख पत्र मन्दाकिनी विमोचन र संस्थाको लोगो वितरण लगायतको कार्यक्रम रहेको थियो।