काठमाडाैं– नवीन रावल र सुधा रत्नको स्वरमा सजिएको नयाँ आधुनिक गीत ‘माया बस्दै छ’को अफिसियल्ली म्युजिक भिडियो यही शुक्रवार सार्वजनिक हुने भएको छ ।
नवीनले नै लय संगीत दिएका गीतलाई मिक्सिनिङ रबी सुनारिप्सम ले गरेका हुन ।
म्युजिक भिडियोमा चर्चित मोडल तथा डान्सर बिना राउतलाई म्युजिक भिडियोको प्रचार पोस्टरमा बोल्ड लुक्समा देखाइएको छ । यसबाट पनि सजिलै अनुमान गर्न सकिन्छ कि राउतले भिडियोमा धमाकेदार अभिनय गरेकी छन् ।
सयौँ म्युजिक भिडियो स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिने व्यस्त मोडल राउतलाई बलिउड फिल्मकी चर्चित नायिका कटृना कैफको डुप्लिकेट भनेर पनि भन्ने गरिन्छ । हुन पनि बिनाको लुक्स र कटिनाको लुक्स लगभग मिल्दोजुल्दो नै देखिन्छ ।
भिडियोमा पछिल्लो समय चर्चा र विवादमा आइरहने मोडल डान्सर बद्री बिस्टलाई बिनाको जोडिएको रूपमा देख्न सकिन्छ बन्द्रीले निर्देशन समेत गरेका छन्।
केही समय अगाडी उनका म्युजिक भिडियोले विवाद र चर्चा पनि पाएको थियो ।
धेरैले आशाका साथ हेरेको यो भिडियो यही शुक्रवार बद्री विष्ट युट्युब च्यानल बाट सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।