रौतहट– इशनाथ नगरपालिकामा अनिश्चितकालका लागि कर्फ्यू आदेश भएको छ।
शनिबार सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा मोतिपुरमा दुई पक्षबिच झडप हुँदा अवस्था असामान्य भएकाले कर्फ्यू आदेश जारी भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
साँझ ५ बजेदेखि कर्फ्यू आदेश जारी भएको हो। नगरापलिकाको पूर्वमा जोकहा गाउँ, पश्चिमा सानो जोकहा गाउँ, उत्तरमा रामपुरखा एपीएफको बीओपी र दक्षिणमा जयनगर प्रहरी चौकीबीचमा कर्फ्यू लगाइएको हो।
कर्फ्यू अवधिमा भीडभाड गर्ने, जुलु गर्ने, घेराउ र्याली गर्न निषेध गरिएको छ।