काठमाडौं– काठमाडौं महानगरपालिकाले १४० जना महानगर स्वयम्सेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुलाएको छ।
यो २४ हप्ताका लागि हो आवेदकमा छनोट भएका स्वयम्सेवकले हप्तामा २ दिन समय दिनुपर्छ।
यस कार्यक्रमअन्तर्गत १ सय जना बाबा (बालबालिका र वातावरण) स्वयम्सेवक र ४० जना सम्युवा (सम्पदामा युवा र बालबालिका) कार्यक्रमका लागि स्वयम्सेवक लिन लागिएको हो।
सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार बहुपक्षीय साझेदारीमा काम गर्नका लागि यो महत्त्वपूर्ण प्लेटफर्म हो।