काठमाडौं-कीर्तिपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ ।
क्यान्सरबाट पीडित महर्जनको बुधबार बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो । महर्जनलाई अस्पतालबाट बुधबार घर ल्याइएको बताइएको छ ।
नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले वडाध्यक्ष महर्जनको निधन भएको पुष्टि गर्नुभयो ।
उपप्रमुख शुभलक्ष्मी शाक्यका अनुसार दिवंगत वडाध्यक्ष महर्जनको पार्थिव शरिर अहिले बिहान ९ बजे कीर्तिपुर नगरपालिकाको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ ।
६० वर्षीय महर्जन ०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कीर्तिपुर नगरपालिका वडा नं. १ को अध्यक्षमा निर्वाचित भएका थिए ।
वडाध्यक्ष महर्जनको निधनपछि कीर्तिपुरका २ वटा वडा अध्यक्ष विहिन भएका छन् ।
गत बैशाख १ गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भइ उपचाररत वडा न ४ का वडाध्यक्ष श्यामराजा अधिकारीको बैशाख १० गते निधन भएको थियो ।