काठमाडौं- पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा बसेको छ।
नयाँ सत्तागठबन्धनमा एमाले, माओवादी, रास्वपा र नेकपा एस सहभागी छन् । जसपाले आज सरकारमा जाने निर्णयसहित मन्त्री पठाउने तयारी गरेको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले महिलासम्बन्धी संघीय राष्ट्र संघको कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी सहभागी हुने निर्णय गरेको छ । जसअनुसार उनी कार्यक्रममा सहभागी हुन अमेरिकाको न्युयोर्क जाने छिन् ।
यस्तै अवकाशमा जान लागेकी स्वास्थ्य सचिव देव कुमारी गुरागाईको विदाई गर्ने निर्णय पनि भएको छ। उनी शनिबार अवकास हुन लागेकाले त्यसअघि नै बिदाइ गर्नेगरी निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।