काठमाडौं- सुनको मूल्यले तीन दिनयता लगातार कीर्तिमान कायम गरेको छ।
मंगलबार र बुधबार नयाँ उचाइमा पुगेको मूल्य बिहीबार फेरि १५ सय रुपैयाँ प्रतितोला दरले बढेर अर्को कीर्तिमान कायम भएको हो।
योसँगै मंगलबार १ लाख २५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुन पनि आज १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।
बुधबार छापावाल सुन १ लाख २३ हजार ५ सय र तेजाबी सुन १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ। प्रतितोला नै १ हजार ४ सय ७० रुपैयाँ पुगेको छ। अघिल्लो दिन १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
विश्वबजारमा समेत सुनको मूल्य उच्च भएको छ। एजेन्सीहरुका अनुसार प्रतिऔँस नै २ हजार १ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। यो भनेको अघिल्लो दिनको तुलनामा प्रतिऔँस ३०.२९ अमेरिकी डलर वृद्धि हो।