पोखरा– तीन दिन चलेर गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।
गण्डकी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हिउँदे अधिवेशनको अन्त्य गरेका हुन् ।
फागुन १६ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनको बैठक २० र २१ गते बसेको थियो ।
हिउँदे अधिवेशनमा प्रदेश सभाबाट आमसञ्चार विधेयक र बिउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएका छन् ।
उता नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँग सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
सत्ताको रस्सकस्सीबीच अधिवेशन अन्त्य गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
माओवादी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी बुधबार प्रदेश सभा सचिवालयमा गराएका थिए ।
प्रदेश मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मंगलबार माओवादीबाट मन्त्री बनेको दुई जनालाई बर्खास्त गरेका थिए ।