मुगु– हिमाली जिल्ला मुगुमा स्थानीय तहले भूमिहीनको लगत संकलनमा चासो नदिँदा लगत संकलनमा ढिलाइ भएको छ।
मुगुमा रहेका चार वटा स्थानीय तहहरूले भूमिन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासको लगत संकलनमा चासो नदिँदा भूमिहीनको लगत संकलनमा ढिलाइ भएको हो।
राष्ट्रिय भूमि आयोग मुगुको आयोजनामा बिहीबार भूमिहीनको लगत संकलन, प्रगति विवरणका विषयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोग मुगुका अध्यक्ष लालचन्द्र विकले चारवटा स्थानीय तहहरूले भूमिहीनको लगत संकलनमा चासो नदिँदा भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासको लगत संकलनका ढिलाइ भएको बताए।
उनका अनुसार २ वर्ष पुगी सक्दा पनि भूमिहीन सुकुम्वासी,भूमिहीन दलित र अव्यवस्थित बसोबासको लगत संकलन मात्रै भएको छ। हालसम्म के कति भूमिहीन छन् भन्ने यकिन तथ्याङ्क अझैँ स्पष्ट नआएको अध्यक्ष विकले बताए।
भूमिहीन लगत संकलनको लागि प्रथम पटक २०७९ भदौ २९ गते ३५ दिने पहिलो सूचना प्रकाशित गरिएको थियो त्यो समयभित्र जिल्लाका कुनै पनि स्थानीय तहले भूमिहीन लगत संकलन नगरेकाले दोस्रो सूचना २०८० फागुन १ गते पुन ३५ दिने सूचना प्रकाशित गरेपछि भूमिहीन सुकुम्वासी भूमिहीन दलित र अव्यवस्थित बसोबासको लगत संकल गरेर छायानाथ रारा नगरपालिका, खत्याड गाउँपालिका र मुगुम कामारोङ्ग गाउँपालिकाले मात्रै लगत संकल गरेर राष्ट्रिय भूमि आयोगमा पठाएका अध्यक्ष विकले बताए।
सोरु गाउँपालिकाले अझैँ लगत संकलन गरेर पठाएको छैन। हालसम्म भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासको लगत संकलन गरेर छायानाथ रारा नगरपालिकामा ४ सय १७ ,खत्याड गाउँपालिका ७ सय ५७ र मुगुम कामारोङ्ग गाउँपालिकाले ३ सय ४० जनाको एकमुष्ट लगत संकलन गरेर पठाएका छन् भने गाउँपालिकाले समय समाप्त हुन्नै लाग्दासमेत लगत संकल गरेर पठाएको छैन।
भूमिहीनको लगत संकलनको लागी दोस्रो पटक प्रकाशित सूचना आगामी चैत ५ गते सकिँदै छ। समय सीमा भित्र पनि गाउँपालिकाबाट भूमिहीनको लगत संकल गरेर आएन भने अन्य प्रक्रिया जाने राष्ट्रिय भूमि आयोग मुगुले जनाएको छ।