काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगमले शुक्रबार रातिदेखि लागू हुनेगरि मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको हो।
नयाँ मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गामा प्रतिलिटर १६८ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ। यस्तै, दोस्रो वर्गामा १७० र तेस्रोमा १७१ रुपैयाँ प्रतिलिटर कारोबार हुनेछ।
यस्तै, डिजेल र मट्टीतेल पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा कायम हुनेछ। यस्तै, दोस्रो वर्गमा १५७ र तेस्रोमा १५८ रुपैयाँ प्रतिलिटर कायम हुनेछ।