काठमाडौ – नेपाली मोडलिङ दुनियाँमा यति बेला नव कलाकारहरूको रुचि र आगमन बढ्दो रूपमा रहेको छ । सुन्दर र प्रबल सम्भावना बोकेका थुप्रै नयाँ अनुहारका युवा युवतीहरू यस क्षेत्रमा आइरहेका पनि छन् । यही क्रममा सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने र थुप्रै कार्यक्रम र प्रतियोगितामा सहभागी भएर उत्कृष्ट नतिजा देखाउँदै आएकी नव नायिका हुन- अञ्जली थापा।
भविष्यमा यही क्षेत्रमा अन्य कलाकारले भन्दा केही नयाँपन दिएर आफ्नो छुटै छाप छोड्ने आंकाक्षा सहित एक सफल नायिका बन्ने सपना बोकेर कला क्षेत्रमा प्रवेश गरेकी नायिका थापा अहिले कलाकारितामा कडा मिहिनेत गर्दै छिन ।
आफ्नो सानोदेखिको ठुलो सपना र उद्देश्य भनेकै नेपाली कला संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने नेपाली फिल्म उद्योगलाई ग्लोबल फिल्म इण्डस्ट्रिको रूपमा विकास गर्नु पर्छ भन्ने सोच उनले लिएकी छन् ।
मोडलिङ क्षेत्रलाई ब्यवसाहिक रूपमा अगाडी बढाउने सोचका साथ मोडलिङ क्षेत्रमा प्रवेश गरेकी हुन अञ्जलि । पुर्ख्यौली जन्मथलो शनिश्चरे हुँदै हाल काठमाडौँलाई कर्मथलो बनाउँदै आएकी उनले साङ्गतिक कार्यक्रमको सिलसिलामा थुप्रै फेशन सोमा काेरीयोग्राफी समेत गरिन्।
स्नातकसम्मको अध्ययन उत्तीर्ण गरिसकेकी उनी घुमघाम पढ्न नयाँ नयाँ कुराको जानकारी लिन लामो ड्राइभिङ यात्रा गर्ने पनि उतिकै सौखिन उनले अहिलेसम्म थुप्रै इभेन्टमा जजको भूमिका र म्युजिक भिडियो टेलिभिजन सिरियल र विज्ञापनमा काम गरी सकेकी छन् । उनी भन्छिन्- ‘अहिले पनि नयाँ अफर त आइरहेकै छन् तर राम्रो क्वालिटी र चलेको ब्यानरको संग काम गर्ने चाहना रहेको र कामको संख्या भन्दा पनि गुणस्तरीय कामलाई प्राथमिकता गरिरहेकाे छु ।’
कथा र पात्र अनुसार भल्गारिटि बाहेक जस्तो सुकै रोल र अभिनय अर्नलाइ पनि सक्ने साहस र हिम्मत छ पक्कै गर्ने छु भन्ने उनको विश्वास छ । अहिलेसम्म प्रेम सम्बन्धमा नरहेको थापालाई प्रेम प्रस्ताव भने थुप्रै आउने गरेको छ । मेरो डृम स्वाइ क्रस चाहिँ हलिउड अभिनेता कृश हेम्वर्थ हुन ।
आफ्नो कामले समय नपाइरहेकाले केही आएको कामलाई स्वीकार गर्न सकिएन अब भने मोडलिङ ई नै पुरै समय छुट्टाएर यही क्षेत्रमा निरन्तरता दिने सोच छ । भविष्यमा एक सफल कलाकारको अलावा आफ्नै होम प्रोड्क्सनमा मुभी निर्माण र निर्देशन गर्ने सपना छ ।
प्रेम र सेक्सुअल सम्बन्धमा खुलेर बोल्ने नायिका अञ्जलि भन्छिन्- ‘सेक्स प्रकृतिले दिएको एउटा सुन्दर उपहार हो यसलाई सही तरिकाले सही समय र सही पार्टनर सङ्ग मात्र सदुपयोग गर्न सक्नु पर्दछ ।’
उनै नायिका अञ्जलिले पछिल्लो समय अभिनय गरेको टेलिसिरियल भैरवी पनि बजारमा सार्वजनिक भएको छ ।