गाेरखा– नवलरासी पूर्वबाट मनकामना जाँदै गरेको स्कारपिओ दुर्घटना भएकाे छ ।
शहिदलखन गाउँपालिका वडा नं.३ घोर्लेस्वाँरा स्थित मझुवादेउराली मनकामना जादैँ गरेको ग. १ च. ७६१९ नं.को स्कारपिओ दुर्घटना भएको हाे ।
दुर्घटनामा नवलपरासी पूर्व विनय त्रिवेणी गाउँपालिका-४ का शोभाखर गैरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठले बताए ।
उनका अनुसार दुर्घटनामा परि गम्भिर घाईते भएका गैरेलाई उपचारको लागि छिमकेश्वरी अस्पताल आँबुखैरैनी तनहुँ लगिएको थियो ।
उपचारको क्रममा ११ः४० बजेको समयमा उनको मृत्यु हाे । स्कारपिओ गाडी उकालो जाने क्रममा पछाडि ब्याक हुँदा अनियन्त्रित भई सडकको नालीमा पल्टिन जाँदा दुर्घटना भएको हो ।
स्कारपिओ चालक नवलपरासी पूर्व विनय त्रिवेणी गाउँपालिका वडा नं. ४ का वर्षिय बेग बहादुर क्षेत्रीलाई नियन्त्रणमा लिएकाे छ ।
दुर्घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको गोरखा प्रहरीले जनाएको ।