काठमाडौं- नेपाल टेलिकमले आफ्नो एनटीटीभीका ग्राहकहरुका लागि आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने आलाकार्टा प्रणाली लागू गरेको छ ।
टेलिकमका प्रवक्ता हरि ढकालले विज्ञप्तिमार्फत आलाकार्टाको शुल्क सार्वजनिक गरिएको जानकारी दिए ।
टेलिकमले ग्राहकले बेसिक प्याकेज वा प्रीमीयम प्याकेज वा आवश्यकताअनुसार बुके प्याकेज थप गरी प्याकेजहरु खरिद गर्न सकिने व्यवस्था गरेको छ ।
बेसिक प्याकेज लिएका ग्राहकहरूले थप बुटिक प्याकेज खरिद गर्नका लागि टीभीको मेन्युमा गएर आफैं खरिद गर्न सक्नेछन् ।
यस आलाकार्टा शुल्क प्रणालीमा आफ्नो रुचि बमोजिमका प्याकेज खरिद गरी सो को मात्र भुक्तानी गर्न मिल्ने भएको हुँदा यसबाट ग्राहकहरूलाई फाइदा पुग्ने कम्पनीको विश्वास छ ।