पाेखरा- गण्डकी प्रदेशमा गठबन्धनले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएको छ ।
नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउने गरी माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेसहितको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न लागिएको हो । बहुमत पुर्याउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसद मनाङेलाइ भौतिक पूर्वाधार मन्त्री बनाएका थिए ।
मनाङे पनि अहिले प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । एमालेका २२, माओवादीको ८ र दिपक मनाङेको समर्थनसहित अधिकारीलाई मुख्यमन्त्री बनाउन गठबन्धनले दाबी गरेका हुन् ।
सभामुखको समेत संख्या गनेर गठबन्धन दलले मुख्यमन्त्रीकाे दावी पेश गर्न लागेकाे हाे । कोशीमा सभामुखसहित सङ्ख्या गनेर दाबी गर्दा पछि अदालतले उक्त सरकार उल्ट्याइदिएको थियो । त्यही घटना गण्डकीमा पनि दोहोरिने निश्चित छ।
बुधबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई चैत्र २७ गते मंगलबार दिउँसो ३ बजेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका थिए ।
संसदबाट विश्वासकाे मत पाउन नसकेपछि मुख्यमन्त्री पाण्डेले राजीनामा दिएका थिए ।
याे पनि,
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
गण्डकीमा बहुमतको सरकार गठनका लागि ७ दिनको समय, पाण्डे भन्छन्- ‘फेरि मुख्यमन्त्री बन्छु’
गण्डकीका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिदै
पुनः मुख्यमन्त्री बन्ने दाउमा गण्डकीका मुख्यमन्त्री पाण्डे, राजीनामाको तयारीमा
गाेरखा पुगेर मुख्यमन्त्री पाण्डेले भने- गण्डकी प्रदेशमा मध्यावधि निर्वाचन हुन्छ
४० जनाको जम्बो टोली लिएर गण्डकीका मुख्यमन्त्री पाण्डे मुस्ताङमा
गण्डकी प्रदेश सरकारका सय दिन : सुरु गरेका काम रोकिए, दीर्घकालीन योजनामा छैन ध्यान
गण्डकीकाे बजेट पारितकाे खुसियालीमा ‘अतिथि रिसाेर्ट’मा मुख्यमन्त्रीकाे रात्रीकालिन भाेज