पाेखरा- गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ मुख्यमन्त्री नियुक्त गरेपछि विवाद सिर्जना भएको छ ।
सभामुख समेत रहेका कृष्णप्रसाद धितालसमेतलाई गणना गरेर नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सरकार गठन गर्न गरेको दाबीलाई प्रदेश प्रमुख भट्टले स्वीकृत गर्दै मुख्यमन्त्री नियुक्त गरेपछि विवाद बढेको हो ।
माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य बनेका धिताल गण्डकीमा सभामुख रहेका छन् । प्रदेशसभामा माओवादीको संसदीय दलमा सभामुख धितालसहित ८ जना सदस्य छन् । अधिकारीले सभामुखलाई समेत गणना गर्दै बहुमत पुगेको दाबी गरेपछि प्रदेश प्रमुखले त्यसलाई सदर गरेर विवादित काम गरेका छन् ।
६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्दछ ।
प्रदेश प्रमुख भट्टले केही महिना अघि मात्र कोसी प्रदेशको विषयमा सर्वोच्च अदालतले गरेको व्याख्याको नजरअन्दाज समेत गरेका छन् ।
गएको असारमा कोसी प्रदेशमा पनि यसै गरी माओवादीबाट निर्वाचित सांसद रहेका सभामुख बाबुराम गौतमलाई समेत गणना गरेर कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बनेका थिए ।
सभामुखलाई पनि समेटेर सरकार गठन भएपछि नेपालको संविधानको धारा १८६ को मर्मविपरित भएको भन्दै त्यसविरुद्ध एमाले संसदीय दलका नेता हिक्मत कार्की सर्वोच्च अदालत गएका थिए।
सर्वोच्च अदालतमा असोज ११ गते न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त कदमलाई असंवैधानिक भन्दै थापाको सरकार बर्खास्त गरेको थियो।
उक्त फैसलामा सभामुखको भूमिकाका बारेमा व्याख्या गरिएको थियो । ज
समा संविधानको धारा १८६ अनुसार सभामुख वा अध्यक्षता गर्ने व्यक्तिलाई मत बराबर भएमा आफ्नो निर्णायक मत दिने बाहेक नियुक्तमा समर्थन गर्ने, अविश्वासको प्रस्तावमा भाग लिने भूमिका असंवैधानिक हुने व्याख्या गरिएको छ ।
यसैबिच गण्डकी कांग्रेसले भने प्रदेश प्रमुखले अम्बैधानिक काम गरेको भन्दै ध्यानाकर्षण समेत गराएको छ भने सर्वोच्च अदालत जाने बताएको छ ।
सर्वोच्चले आफ्नो व्याख्यामा सभामुखको पदमा बहाल रहेको व्यक्तिले प्रदेश सभा सदस्यको पनि हैसियत रहेको भनी छुट्टै थप वा दोहोरो भूमिकाको दाबी गर्न मिल्दैन भनी स्पष्ट व्याख्या गरेको भए पनि गण्डकीमा सर्वोच्चको व्याख्यालाई नै थाहा नभएको जस्तो गरी सरकार बनाइएको छ ।
यसले आम रूपमा प्रदेशमाथि देखिएको नकारात्मक धारणा अझ बढ्ने र राजनीतिक अस्थिरता निम्तिने स्पष्ट रहेको छ ।
याे पनि,
दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्दै अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
गण्डकीमा बहुमतको सरकार गठनका लागि ७ दिनको समय, पाण्डे भन्छन्- ‘फेरि मुख्यमन्त्री बन्छु’
गण्डकीका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिदै
पुनः मुख्यमन्त्री बन्ने दाउमा गण्डकीका मुख्यमन्त्री पाण्डे, राजीनामाको तयारीमा
गाेरखा पुगेर मुख्यमन्त्री पाण्डेले भने- गण्डकी प्रदेशमा मध्यावधि निर्वाचन हुन्छ
४० जनाको जम्बो टोली लिएर गण्डकीका मुख्यमन्त्री पाण्डे मुस्ताङमा
गण्डकी प्रदेश सरकारका सय दिन : सुरु गरेका काम रोकिए, दीर्घकालीन योजनामा छैन ध्यान
गण्डकीकाे बजेट पारितकाे खुसियालीमा ‘अतिथि रिसाेर्ट’मा मुख्यमन्त्रीकाे रात्रीकालिन भाेज