काठमाडौं- काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको गोदाममा भीषण आगलागी भएको छ।
सोमबार साँझ उक्त अस्पतालको गोदाममा आगलागी भएको हो।
आगलागीपछि घटनास्थलबाट ठूलो मात्रामा धुवाँको मुस्लो निस्किएको छ।
उक्त आगलागी विद्युत् सर्ट भएर हुन सक्ने बताइएको छ।
अहिले त्यहाँ आगो नियन्त्रणका लागि दमकलसहित अग्निनियन्त्रकको टोली पुग्दैछ। आगो नियन्त्रणका लागि काठमाडौं, ललितपुर र सशस्त्र प्रहरी बलको दमकल प्रयोग गरिएको छ।
यसअघि सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको महत्वपूर्ण कागजात राखिएको स्टोरमा समेत आगलागी भएको थियो ।
सशस्त्र प्रहरीको यो केन्द्रीय स्टोर हो । उक्त स्टोरमा जुत्ता, मण्डी, म्याट्रेस, चुस्तालगायतका सामानहरु राखिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
विद्यतुत सर्ट भएर आगलागी भएको सशस्त्र प्रहरीको दाबी छ । अहिले चार वटा दमकलको सहयोगमा आगो निन्त्रणको प्रयास भइरहेको छ ।