गोरखा– जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु हिमालमा हिम पहिरो गएपछि बुढीगण्डकी नदी किनार र आसपासका क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेको छ ।
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्वारा एक सूचनामा २४ घण्टासम्म नदीमा पानीको वहावको जोखिम कायम रहनसक्ने देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेका हुन् ।
चुमनुब्री गाउँपालिकाको वडा नम्बर १ को सामागाउँस्थित मनास्लु हिमालमा विहान ९ बजेको आसपासमा हिमपहिरो वीरेन्द्र तालमा झरेको थियो । त्यसपछि ताल फुटेपछि नदीमा पानीको वहाव बढेको थियो ।
चुमनुब्रीका अध्यक्ष निमा लामाका अनुसार पछिल्लाे समय बुढिगण्डकी खाेलाकाे बहाव कम भएकाे बताए ।
याे पनि,
सामागाउँकाे विरेन्द्र तालमा हिमपहिराे, सतर्क रहन तल्लाे क्षेत्रका बासिन्दालाई आग्रह