काठमाडौं- प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जोखिम उठाएरै भए पनि कम्युनिस्ट शक्तिहरू एकता र सहकार्यमा जानुपर्ने बताएका छन्।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरको च्यासलमा गरेको तेस्रो वार्षिक केन्द्रीय सभाको उद्घाटन गर्दै प्रचण्डले नेपालका कम्युनिस्ट शक्तिहरूबीचको एकतमा जोड दिएका हुन्।
‘सहकार्य र एकतामा जानैपर्छ। जोखिम उठाउँदै अगाडि बढ्नु आजको आवश्यकता हो,’ प्रचण्डले आफूसँगै मञ्चमा रहेका एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालतिर हेर्दै भने, ‘जोखिम छ तर राष्ट्रिय स्वाधीनता, कम्युनिस्ट भविष्य र वामपन्थी एकताका लागि चुनौती उठाउनैपर्छ। हामी त्यही बाटोमा छौँ।’
याे पनि,
प्रचण्डसमक्ष माधव नेपालले भने- यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन