काठमाडौं– सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा भोलि सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदाको निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
दुई दिने नेपाल भ्रमणको क्रममा कतारी राजा थानी भोलि काठमाडौं उत्रिँदै छन् ।
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी पहिलोपटक मंगलवार नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदैछन्।
कतारका अमिर थानीको भ्रमणबाट नेपालले कतारको लगानी, हमासमा बेपत्ता विपिन जोशीको उद्धार र श्रम सम्झौता सम्मका विषयमा लाभ लिन सक्नुपर्ने परराष्ट्रका जानकारहरुको भनाइ छ।
उनीहरुले नेपालको जलविद्युत, टेक्नोलोजी ट्रान्सफर लगायतमा लगानी ल्याउन सक्ने वातावरण रहेको बताए।