चितवन– नेपाली मोडलिङ क्षेत्रमा यति बेला नव कलाकारहरूको रुचि र आगमन बढ्दो रूपमा रहेको छ । सुन्दर र प्रबल सम्भावना बोकेका थुप्रै नयाँ अनुहारका युवा युवतीहरू यस क्षेत्रमा आइरहेका पनि छन् । यही क्रममा सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने र थुप्रै कार्यक्रम र प्रतियोगितामा सहभागी भएकी नव मोडल हुन- सम्पदा अँगाइ।
भविष्यमा यही क्षेत्रमा अन्यले कलाकारले भन्दा केही नयाँपन दिएर आफ्नो छुटै छाप छोड्ने आंकाक्षा सहित एक सफल नायिका बन्ने सपना बोकेर यस क्षेत्रमा प्रवेश गरेकी मोडल अम्गाइ अहिले सोही अनुसार कलाकारितामा मिहिनेत गर्दै छिन ।
नेपाली फिल्म उद्योगलाई ग्लोबल फिल्म उद्योगको रूपमा विकास गर्नु पर्छ भन्ने सोच उनले लिएकी उनी मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्मानित पेसाको क्षेत्र भइएकाे बताउँछिन् । जहाँबाट कलाकारले आफ्नो खुबी र क्षमता अनुसार आफ्नो कलाकारिताको विधामा दक्खल भएका कलाकारहरूले स्वदेशमा नै विभिन्न अवसरहरू पाइरहेको हुन्छन् भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाइरहेका हुन्छन् ।
मोडलिङ क्षेत्रलाई व्यावसायिक रूपमा अगाडी बढाउने सोचका साथ याे क्षेत्रमा प्रवेश गरेकी हुन, सम्पदा । पुर्ख्यौली जन्मथलो गोरखा हुँदै हाल चितवनलाई कर्मथलो बनाउँदै आएकी उनले सांस्कृतिक कार्यक्रमको सिलसिलामा देश विदेशमा कला प्रस्तुत गरिसकेकि छिन । विभिन्न स्टेज कार्यक्रमहरूमा दर्शकको वाहि वाहि पाइरहेकी उनको बच्चा देखिकै चाहना भनेको डान्सर तथा कलाकार बन्नु पनि थियो ।
उनको अध्ययन अनुसार यो कलियुग हो यहाँ माया प्रेमको नाममा यौन शोषण र व्यवसाय बढेको छ, उनी यसलाइ विकृति भएकाे मान्छिन्। महिला भएकै कारणले धेरै बालिका र महिलाले अकालमै ज्यान गुमाउन परेको छ, जुन निक्कै दुखद छ भन्दै केही बेर भावुक समेत भइन ।
आफ्नो कामले समय नपाइरहेकाले केही आएको कामलाई स्वीकार गर्न सकिएन अब भने मोडलिङलाई नै पुरै समय छुट्टाएर यही क्षेत्रमा निरन्तरता दिने सोच छ, उनमा । र, भविष्यमा एक सफल कलाकारको अलावा आफ्नै होम प्रोड्क्सनमा मुभी निर्माण र निर्देशन गर्ने सपना छ ।
प्रेम र सेक्सुअल सम्बन्धमा खुलेर बोल्ने नायिका सम्पदा भन्छिन्- ‘सेक्स प्रकृतिले दिएको एउटा सुन्दर उपहार हो यसलाई सही तरिकाले सही समय र सही पाटनरसंग मात्र सदुपयोग गर्न सक्नु पर्दछ ।’ उनै मोडल सम्पदाले पछिल्लो समय अभिनय गरेको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ, जुन भिडियो युवापुस्ता माझ रोजाइको बन्न पुगेको छ ।