काठमाडौं- गृह मन्त्रालयले देशका सबै जिल्ला प्रशासन कार्यालय (सीडीओ) लाई अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको छ।
शुक्रबार सबै जिल्ला प्रशासनलाई पत्र पठाउँदै गृहले त्यस्तो निर्देशन दिएको हो।
‘मुलुकका विभिन्न स्थानमा संचालित योजना तथा आयोजनाहरु पूर्ण कार्यान्वयन नभई अलपत्र र अपुरो हुन गई सार्वजनिक कोष तथा सम्पतिको नोक्सानी व्यहोर्नु परेको गुनासो आएको छ,’ गृहले देशभरका जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा भनिएको छ, ‘त्यहाँस्थि आयोजना/योजना संचालन गर्न कार्यालय/ निकायसँग समन्वय गरि त्यहाँ जिल्लास्थित हाल अलपत्र/रुग्ण अवस्थामा रहेका योजना तथा आयोजनाहरुको विवरण यस मन्त्रालयमा पठाउनु हुन अनुरोध छ। साथै त्यस्ता अलपत्र/रुग्ण योजना/आयोजनालाई पूर्णता दिन सम्बन्धित कार्यालयरनिकाय लगायत सरोकारवालासँग समन्वय एवं सहजीकरण गर्नुहुन पनि अनुरोध छ।’