काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय छानबिन समिति नबन्ने बताएको छ ।
प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै रास्वपाका सांसद मनिष झाले अब संसदीय समिति नबन्ने दाबि गरे ।
उनले कांग्रेस आफ्ना सभापतिमाथि उठेको प्रश्नको छानबिन गर्न तयार भए मात्र संसदीय छानबिन समिति बन्ने दाबि गरे । उनले कांग्रेसका नेताहरु पिच्छे फरक कुरा गर्ने गरेको बताउदै अब आफुहरु संसदीय छानबिन गर्न तयार नहुने बताए ।
रास्वपाका सांसद झाले भने, ‘हामीले सहमतिको लागि धेरै प्रयास गर्यौं तर, अब समिति बन्दैन । त्यो शर्तमा बन्छ हामी २३ महिना मात्रै भयो राजनीतिमा आएको, अहिलेसम्म सरकारमा सहभागी भएको सय दिन पनि कटेको छैन । ३४ वर्षसम्म राजनीति गरेको, छातीमा हात राखेर हामी सबै सांसदहरु भन्न सक्छौं मेरो सभापतिको सबै छानबिन गरोस्, म तयार छौं, उहाँको केही खोट निस्कियो भने हामी राजनीति छाड्न तयार छौं कांग्रेसले त्यो हिम्मत राख्न सक्छ ? मेरो सभापति, सभापतिका श्रीमती र छोराको पनि छानबिन गर भन्न सक्छ । मेरो चुनौती भयो ।’
उनले अब कांग्रेसका सबै पदाधिकारीको फाइल खोल्ने शर्तमा मात्रै समिति बन्ने अडान सुनाए ।