सिरहा– गोलवजार नगरपालिका-४ स्थित एनआईसी एसीया बैंकका शाखा प्रमुख र स्थानीय भू-माफियाको मिलेमतोमा ऋणीले धितो राखेको जमिन ‘कौडीको भाउँ’मा बिक्री गरेको पाइएको छ। एनआईसी एसीया बैंक गोलबजार शाखाका तत्कालीन प्रमुख तेज प्रसाद पोखरेलले भू–माफिया र बिचौलियाहरूको आर्थिक प्रभावमा परि व्यवसायीलाई गुम्राहामा पारेर धितो जग्गा कौडीको भाउमा बिक्री गरेको पाइएको हो ।
गोलबजार नगरपालिका-४, का आरके ट्रेडर्स, कृष्ण अटो मोबाइल तथा निजी कर्जा लिएका व्यवसायी दुर्गेश कुमार साहलाई तत्कालीन शाखा प्रमुख पोखरेले गुम्राहामा पारेर करोडौँ मूल्यको धितो बापत राखेको ९ कट्टा जग्गा बिचौलियासंगको सेटिङमा लिलाम गरी बिक्री गरेका छन्।
एनआईसि बैंकबाट ०७७ सालमा करिब २० करोडको जग्गा धितो राखेर ५ करोड ९५ लाख रुपैयाँ ऋण लिएकाे आरके ट्रेडर्सका सञ्चालक व्यवसायी दुर्गेश साहले जनाए। ‘ऋण लिने वेलामा बैंकले ७.९ प्रतिशत ब्याजदरमा ऋण स्वीकृत गरेकाे थियो। मैले नियमित रूपमा व्याज पनि बुझाउँदै आएको थिए। पछिल्लो समय आर्थिक मन्दीका कारण करिब एक वर्षको व्याज बुझाउन सकेकाे थिइन, ‘उनले भने, ‘व्याज तिर्न मैले अर्को जग्गा बिक्री गर्ने तरखरैमै थिए। तर तत्कालीन शाखा प्रमुख पोखरेल र स्थानीय व्यवसायी तथा नगरपालिकाका निर्वाचित कार्यपालिका सदस्य ‘बिचौलिया’ फुलेस्वर नायकको आर्थिक सेटिङमा मलाई जानकारी विनाकै १५ करोडमा बिक्ने ५ कट्टा जग्गा ३ करोड ५० लाखमा बिक्री गरे।’
उक्त जग्गा बिचौलिया नायकको ससुरा महावीर साह महतो सुँडीको नाममा बिक्री गरिएको जनाए। यस बिषयमा बैंकका सूचना अधिकारी अर्जुन कुमार खनियाँसंग बुझ्न खाेज्दा उनी सम्पर्कमा आउन चाहेनन् । उनले प्रयाेग गर्ने बैंककाे सम्पर्कमा नम्बर, इमेल तथा मेसेज गर्दासमेत उनी सम्पर्कमा आउन चाहेनन् ।
याे पनि,
‘९ कट्टा १० धुर जग्गामध्ये पूर्व पश्चिम राजमार्गसँगै जोडिएको करोडौँ मूल्यको जग्गा काठमाडौँ ११ का पूजा पोखरेलको नाममा बिक्री गरिएको छ,’ उनले भने । उनी तत्कालीन शाखा प्रमुख पोखरेलको आफन्त हुन् ।
बैकले निश्चित बिचौलियाको प्रलोभनमा परी लिलामी बिक्री गरेको विरुद्धमा साेमबार स्थानीय व्यवसायीहरू आन्दोलनमा उत्रिएको गोलवजार व्यापार संघका महासचिव राकेश कुमार गुप्ताले बताए। उनले भने, ‘ बैंकले गरेको व्यवसायीमाथिको ज्यादती विरुद्ध चरणबद्ध आन्दोलन गर्ने याेजना रहेकाे छ।’ एनआईसि बैंकले बैंककाे कर्जा उठाउन टाेले गुन्डा नै परिचालन गरेकाे छ । अझ पछिल्लाे समय बैंक कर्जा उठाइदिन कम्पनी रजिष्ट्रारकाे कार्यालय धाएकाे छ ।
आर्थिक मन्दीका कारण व्याज बुझाउन नसक्दा बैंकले करोडौँको जग्गा बिचौलियाको प्रलोभनमा परि लिलाम गरिएको जग्गा फिर्ता गरिएन भने कडा आन्दोलन गर्ने चेतावनी व्यवसाहीले दिएका छन् । बैंककाे पछिल्लाे समय खराब कर्जा तथा वित्तीय अवस्था नाजुक हुदैं गएपछि हरेक दिन यस्ता घटना सावर्जनिक हुदैं आएकाे छ ।
याे पनि,
संकटको बाटो पछ्याउँदै एनआईसी एशिया, ऋण भन्दा धितो असुलेर ‘बिचल्ली बनाउन उद्यत’
एनआइसी एसियाले गरेको बदमासीको विरुद्धमा बैंकलाई बुझाएको ज्ञापन पत्रको बेवास्ता गरेकोले साेमबार बाध्य भएर शान्तिपूर्ण आन्दोलनमा उत्रिएको व्यवसायी विक्रम साहले बताउँछन् । उनले भने, ‘बैंकले लिलाम गरेको जगा फिर्ता र बैंकले गरेको यस्ता धम्कीपूर्ण निर्णयलाई सच्याइएन भने व्यवसायीहरूले गरेको आन्दोलनको क्रममा हुने घटनाको सम्पूर्ण जिम्मेवारी बैंक नै हुने छ।’ साेमबार गरिएको आन्दोलनलाई पनि बैंकले बेवास्ता गरे मंगरबारदेखी चरणबद्ध कडा आन्दोलन गर्न बाध्य हुने व्यवसायीहरूको चेतावनी छ।
बैंकहरुले आर्थिक मन्दीको समयमा पनि व्यवसायीहरूको अवस्थालाई मध्यनजर गर्दै विभिन्न किसिमका मानसिक यातना दिएकै कारण व्यापारी सटर बन्द गरेर विस्थापित हुने गरेको जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विकास सारडाले जनाएको छ। उनले, ‘बैंकले व्यवसायीमाथि गरेको ज्यादतीका कारण व्यवसायीहरू आत्मदाह र आत्महत्याको सिकार बनिरहेको छ,’ उनले भने, ‘ राष्ट्र बैंकले लचिलो नीतिले गर्दा केही सहज भएको छ, यसले मात्र व्यवसायीलाई पुग्दैनन्।’ सरकारले व्यवसायीको लागी केही नयाँ प्याकेज सहितको व्यवस्था गरिनुपर्ने उनको भनाई रहेको छ।
बैंकका कर्मचारीहरूले ऋणीहरूमाथि गरिएको अमानवीय व्यवहारका कारण सिराहामा करिब ३० जना भन्दा बढी व्यवसायीहरू अनाहकमा आत्महत्या गरी ज्यान गुमाइसकेको व्यवसायीहरू बत्ताउँछन्। देश नै आर्थिक मान्दिले आक्रान्त बनिरहेको वेला बैंकका कर्मचारीहरूले व्यवसायीमाथि गरिएको ज्यादतीका कारण जिल्लाबाट व्यापारीहरू पलायन भएको व्यवसायी गुनासो गर्छन् ।
प्रतिक्षा गर्नुहाेला-
ऋण उठाउन नसकेपछि एनआईसी एशिया बैंकले गुहार्यो ‘कम्पनी रजिस्ट्रार कार्यालय’