काठमाडौं- सुनको मूल्य हालम्मकै उच्च भएको छ। आज नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ हजार ७ सयले बढेर १ लाख ४२ हजार २०० कायम भएको छ । त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ५०० पुगेको छ ।
यसअघि बिहिबार छापावाल सुन प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
बजेटले भन्सार दर बढाएपछी बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँ पुगेको थियो।अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि भन्सार दर बढेकोले सुन तोला साढे ६ हजार रुपैयाँ बढेको हो। बुधबारसम्म सुन प्रतितोला एक लाख ३८ हजार रुपैयाँ थियो।
त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा पनि शुक्रबार सुनको मूल्य बढेको छ। सुन २३४४.२ डलरमा करोबार भइरहेको छ। चाँदीको भाउ भने अन्तर्राष्ट्रिय बजारमा पनि घटेको छ। शुक्रबार चाँदी प्रतिऔंस ३०.९२ डलर छ। बिहीबार सुन घटेर प्रतिऔंस २३३२.७२ डलर र चाँदी ३१.६१ डलर थियो।