मनाङ– हिमालपारिको जिल्ला मनाङबाट गत चैतमा दिइएको एसइई परीक्षामा ७ जना मात्र विद्यार्थी उर्तीण भएका छन् । यस जिल्लाबाट ३९ जनाले परीक्षा दिएका थिए ।
७ जनामध्ये सदरमुकाम चामेमा रहेको लोकप्रिय माध्यमिक विद्यालयबाट एसइई दिएका जयराम थापाले सबैभन्दा बढी ३.३९ जीपीए ल्याएका हुन् । लोकप्रियबाट १७ जनाले एसइई दिएकोमा थापासहित ४ जना उत्तीर्ण भएका छन् । लोकप्रियमा खुलाबाट ३ जनाले एसइई दिएकामा ३ जना नै अनुत्तीर्ण भएका छन् ।
तल्लो मनाङस्थित नासों गाउँपालिकामा रहेको प्रकाश ज्योति माध्यमिक विद्यालयबाट १९ जनाले एसइई दिएकामा ३ जना मात्रै उत्तीर्ण भएका छन् । माथिल्लो मनाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयबाट १ जनाले एसइई दिएकोमा १ जना पनि अनुत्तीर्ण भएका छन् ।
तल्लो मनाङको तालस्थित भानु माध्यमिक विद्यालयको कक्षा १० मा विद्यार्थी नभएपछि एसइईमा सहभागी भएनन् ।