काठमाडौं- रामेछापबाट काठमडौँतर्फ आउँदै गरेको बस आज बिहान रामेछापको लिखु तामाकोसीमा दुर्घटनामा परेको छ।
लिखु तामाकोसी गाउँपालिका- ६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडा भन्ने ठाउँमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
लिखु तामाकोसी- ६ का वडाध्यक्ष शिवप्रसाद न्यौपानेले घाइते पाँच जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताए।
‘म डाक्टर सापलाई लिएर घटनास्थलतिर जाँदैछु,’ उन भने, ‘घाइतेमध्ये लिखु तामाकोसी ६ बिर्ताकी सकुन्ताल श्रेष्ठ र लिखु तामाकोसी- ६ कै धारेकी सावित्री घिमिरेको अवस्था गम्भीर रहेको जानकारी मलाई आएको छ।’
घाइते पाँचै जनालाई एम्बुलेन्स र टाटासुमोमा राखेर सदरमुकाम मन्थलीतिर लगिएको उनले बताए।