काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन्।
प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा उनले विश्वासको मत लिनेगरी तयारी अघि बढेको संसद् सचिवालयका बताए ।
‘औपचारिक कार्यक्रम तय भइसकेको छैन, तर असार २८ गते लिनेगरी तयारी गर्न प्रधानमन्त्रीको सचिवालयसँग कुरा भएको छ,’ सचिवालय स्रोतले भन्यो।
नेकपा (एमाले) ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा बुझाइसकेका छन्।
एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ।