चितवन– इच्छाकामना-३ मा पर्ने घोप्टे भीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग बन्द भएको छ ।
लगातार परेको वर्षाको कारण फिस्लिङभन्दा केही अगाडि पहिरो खसेर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
फिस्लिङको बाटो एकतर्फी सञ्चालनमा आएको केही बेरमै घोप्टे भीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको छ ।
घोप्टे भीरमा सडक माथिबाट ढुङ्गासहितको पहिरो खस्दा बाटो दुईतर्फी अवरोध भएको हो । सार्वजनिक सूचना जारी गर्दै दिउँसो २ बजेर ५५ मिनेट जाँदा खसेको पहिरो हटाउन अझै एक घण्टाभन्दा बढी समय लाग्ने जनाएको छ ।