काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको बाँडफाँट भइ नसकेको बताएका छन्। बुधवार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच कुनैपनि मन्त्रालयको भागबण्डा नभइसको भन्दै को-को सरकारमा सहभागी बन्छन्, सोही अनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताए।
उनले कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने बताए। उनले सरकारमा सहभागी बन्ने राजनीतिक दलहरूलाई पनि समेटेर जानेगरी छलफल भइरहेको बताए। उनले सामान्यतः स्ट्रेन्थको आधारमा पार्टीहरूलाई स्थान निर्धारण गर्ने बताए।
उनले भने, ‘मन्त्रालयको बाँडफाँट पनि भइसकेको छैन। यो मन्त्रालय यो पार्टीले, यो पार्टीले यो मन्त्रालय। कोको सरकारमा सामेल हुने भन्नेकुरा साधारणतया हैसियतको आधारमा, कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा व्यवहार गर्दछन्। सामान्यतः स्ट्रेन्थको आधारमा पनि पार्टीहरुलाई स्थान निर्धारण गर्ने कुरा हुन्छ।’
अध्यक्ष ओलीले राष्ट्रिय उत्पादन वृद्धि गर्न विशेष जोड दिने बताए। उनले उद्यमशिलतामा, कृषिमा आधानुकीकरण र व्यवसायिकीकरण, यान्त्रीकीकरणमा ध्यान दिन जरुरी रहेको बताए।
उत्पादनका लागि पूर्वाधारका विकासमा ध्यान दिनुपर्नेमा ओलीको जोड छ। जनतालाई केन्द्र भागमा राखेर काम गर्ने पनि बताए।
उनले शिक्षालाई बढी व्यहारिक, जीवनोपयोगी शिक्षामा परिणत गर्नु आजको आवश्यकता भएको बताए।