काठमाडौं– गृह मन्त्रालयले सामाजिक सुरक्षा भत्ताका लागि लाभग्राहीको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नभएको जानकारी गराउँदै स्थानीय तहहरुलाई परिपत्र गरेको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागअन्तर्गत सामाजिक सुरक्षा शाखाले सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको सूचीकरण तथा नवीकरण अहिले राष्ट्रिय परिचय पत्र अनिवार्य नभएको स्पष्ट पार्दै सम्बन्धित निकायमा जानकारी गराएको हो ।
यसअघि सरकार असार १० गते देशभर प्राकृति विपदलगायतले पत्र बनाउन असजिलो हुने भएकाले हाललाई परिचय पत्र अनिवार्य नभएको शाखाले पत्रमार्फत जानकारी गराएको छ ।
पत्रमा लेखिएको छ, ‘नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०८१/०२/२४ मा सामाजिक सुरक्षा सम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय भई २०८१ साल असार १० गतेको नेपाल राजपत्रमा सूचना प्रकाशन भएकोमा देशभर निरन्तर परेको बर्षाको कारण ठाउँठाउँमा बाढी पहिरो र विपद्को अवस्था सिर्जना हुन गई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नेपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुन गएकाले उक्त प्रायोजनको लागि हाललाई राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्नु ।’