काठमाडौं- नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) बाट एनआईसी एसिया बैंकले आफ्नो लगानी झिक्ने भएको छ।
बैंकको स्वामित्वमा रहेको निफ्राको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।
निफ्राले उक्त सेयर प्रतिकित्ता १०१ रुपैयाँका दरले बिक्रीमा राखेको हो। संस्थागत सेयरधनीलाई मात्र नभएर कम्पनीले सर्वसाधारण, संघ/संस्थाहरुलाई समेत खरिदका लागि आवेदन दिन मिल्ने गरी बिक्रीमा राखिएको हो।
निफ्राका लागि धितो प्रबन्धक एनआईसी एसिया क्यापिटलले आजदेखि साउन १५ गतेसम्म आवेदन दिनुपर्ने उल्लेख गरेको छ। इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०१ रुपैयाँका दरले थोरैमा ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ।
पछिल्लाे समय एनआईसी एसियामा ऋणीलाई दिनरात टर्चर गरेकाे भन्दै राष्ट्र बैंकदेखि अन्य निकायमा गुनासाे बन्दै गइरहेकाे छ । एनआईसीमा टर्चरका कारण कयौँ ऋणीले आत्महत्या गर्नुका साथै घरपरिवार नै सकाएको समेत उदाहरण भेटिएका छन् ।
अहिले बैंकले ऋणीलाई मात्र नठगेर बचतकर्तालाई समेत लुटेको पाइएको छ । बैंकका कर्मचारीहरूले बचतकर्ता खाताबाटै पैसा चोर्ने गरेको घटना बाहिरिएका छन् । यति मात्र होइन पढे नलेखेका अशिक्षित व्यक्तिलाई बैंकले झनै ठग्ने गरेको छ । पछिल्लो समय हरेक काम बैंकमार्फत गर्नुपर्ने अवस्था आएको छ ।
त्यसैले, शिक्षितदेखि अशिक्षित व्यक्तिहरू बैंकसँग जोडिन पुगेका छन् । तर, बैंकले यसको फाइदा उठाउँदै उनीहरूलाई ठगेको पाइन्छ । नपढेको व्यक्तिले अक्षर चिन्दैन । अनि उसले बैंकमा पैसा राखे पनि बैंकले दिएको रसिद बुझ्दैन । यसैको फाइदा उठाएर बैंकले कयौँ बचतकर्तालाई उठेको पाइन्छ ।
अहिले बजारमा सुनिन्छ कि बचतकर्ताहरूले बैंकमा ३३ लाख रुपैयाँ राखे पनि कर्मचारीहरूले रसिदमा ३३ हजार मात्र लेखिदिँदा बचतकर्ता आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् । यसरी कयौँ बचतकर्ता रसिद पढ्न नसक्दा समेत बैंकबाट ठगिने गरेका छन् । बैंकले अशिक्षित, सिधासादा सर्वसाधारणलाई भुलाएर समेत लुट्ने गरेको छ ।
पछिल्लो समय बैंकहरुप्रति सर्वसाधारणको अविश्वास बढ्दै गएको छ । एकातिर बैंकको लापरबाही, गैर जिम्मेवारी अर्कोतिर कर्मचारी, सञ्चालकहरूकै मिलेमतोमा चोरी हुनु । सबै बचतकर्तालाई कुन कुन मितिमा कति रकम राखेको भनेर स्पष्ट याद हुँदैन । यसैको फाइदा उठाएर बैंकले बचतकर्ताको रकम चोरी गर्ने गरेको पाइन्छ । अनि आफ्नो रकम चोरी भएको भनेर बोल्न वा प्रमाण पेस गर्न सक्ने बचतकर्तालाई बैंकले ‘तपाईँको रकम अरूको खातामा ट्रान्सफर भएछ’ भन्दै फिर्ता गर्ने र बोल्न वा प्रमाण पेस गर्न नसक्ने बचतकर्ताको रकम नै पचाइदिने गरेको पनि बताइन्छ । अहिले बैंकमा बचतकर्ता गर्ने र ऋण लिने दुवै बैंकलाई चोर, ठग भन्छन् ।
बैंक, वित्तीय संस्थाको ठगी धन्दाविरुद्ध सर्वसाधारण एकजुट हुँदै गएका छन् । त्यसैले, यस्ता ठग संस्थाहरूलाई जनताले नै लखेट्ने छन् । कारबाही गर्ने छन् र कालोमसो पनि दल्नेछन् । किनकि सरकार त बैंक, वित्तीय संस्थाको अगाडि लम्पसार नै परेको छ।
पछिल्लाे समय पटक–पटक विभिन्न विवादमा फसिरहने बैंक पछिल्लो समय भने आफैँ संकटमा परेको छ । कुनै समय आफूलाई नम्बर वान दाबी गर्ने बैंकमा खराब कर्जा बढेसँगै संकटमा परेको हो । बैंकमा यतिसम्म संकट गहिरिएको छ कि निक्षेप संकलनमा समेत गम्भीर धक्का लागेकाले केही शाखासमेत बन्द गर्नुपरेको विवरणहरू आएका छन् ।
बैंकले लामो समयदेखि ‘ओभर भ्यालुएसन’ गरेर ग्राहकलाई कर्जा दिने र कर्जाको किस्ता बुझाउन केही ढिला हुनासाथ धितो लिलामीको नाममा ऋणको धितो जफत गरेर घरबार विहीन बनाउने गरेको छ । यो बैंकको ध्यान ऋण दिएर साँवा ब्याज असुल गर्नु भन्दा पनि धितो कसरी आफ्नो कब्जामा लिने भन्ने ध्यान दिने गरेको छ ।
बैंक तथा वित्तीय संस्थामध्ये एनआईसी एसिया बैंकले ऋणको घरजग्गा कब्जा गरेपछि सबैभन्दा बढी मुद्दा खेपिरहनु परेकाले छ । किस्ता तिर्न ढिलो भएका ऋणीको घरमा सुरक्षागार्ड पठाएर मानसिक यातना र सामाजिक बेइज्जती गर्ने कार्यलाई अहिले बैंकले मुल्य मात्र बनाएको छ । पछिल्लो समय बैंकले दैनिक डेढ दुई सय वटासम्म गैर बैंकिंग सम्पत्ति बिक्री गर्न निकालेको सूचना पनि अर्को प्रमाण हो ।
बैंकका कर्मचारीकै मिलेमतोमा नक्कली धनीपूर्जा बनाएर ऋण दिएको प्रमाणित समेत भइसकेका छन् ।
याे पनि,
बैंकको आतंक बढ्दै, ऋणीलाई दिनरात टर्चर दिदैं एनआइसी एसिया, राष्ट्र बैक मूकदर्शक!
धापासीको अर्बौँको जग्गा कौडीको भाउमा कब्जा गर्दै ‘एनआईसी एशिया’
संकटमा एनआइसी: ‘रिकभरी’मा समस्यापछि भाखा नाघेका ऋणीलाई भुक्तानीमा छुट
संकटको बाटो पछ्याउँदै एनआईसी एशिया, ऋण भन्दा धितो असुलेर ‘बिचल्ली बनाउन उद्यत’
संकटमा एनआईसी: ऋण उठाउन नसकेपछि गुहार्यो ‘कम्पनी रजिस्ट्रार कार्यालय’
संकटमा एनआईसी: भू-माफियाको मिलेमतोमा ऋणीको धितो बिक्री, स्थानीय आन्दोलित