गोरखा– पालुङटार नगरपालिकामा प्राविधिक धारतर्फको बहुप्राबिधिक शिक्षालयको स्थापना २०७४ मा भयो । गोरखा सदरमुकाम बाहिरको प्राविधिक शिक्षालयका रूपमा स्थापना भएको यो शिक्षालयमा स्थापनाको समयमा १२ समय भन्दा बढी विद्यार्थी भर्ना भएका थिए ।
गोरखा बहुप्राबिधिक शिक्षालयकाका रूपमा पालुङटारमा स्थापनासँगै देश संघियतामा गयो । २०७४ मा देश संघियतामा गएपछि गोरखाका एघार पालिका कायम भयो । तर, पालुङटारमा यसअघि नै नगरपालिका थियो । देशभर स्थानीय तहमा गएपछि पालुङटारमा डिप्लोमा इन जियाेम्याटिक्सलगायतका विषयको पढाइ सुरु हुन थाल्यो ।
याे पनि,
कुनै बेला १२ सय भन्दा बढी विद्यार्थी भर्ना गर्ने शिक्षालयमा अहिले सय जना पनि विद्यार्थी छैनन् । यसमा पालुङटारकाे राजनीतिले शिक्षालय नै बन्द हुने अवस्थामा आइपुगेको छ । यसको प्रमुख पात्र- शिक्षालय प्रमुख (प्रिन्सिपल) ई. प्रदीपराज बसौँला अनि पालुङटारका रैथाने नेतागिरी गर्ने ‘राजनीतिक दलका नेता तथा कार्यकर्ता हुन् ।’
शिक्षालय स्थापना भएपछि पालुङटारमा नेतागिरी गर्ने राजनीतिक दलका नेता तथा कार्यकर्ताको प्रवेशसँगै शिक्षालयमा करारमा भर्ना भए । तिनै करारमा रहेका नेता तथा कार्यकर्ताका कारण पछिल्लो समय शिक्षालयको अवस्था नै खस्किदैं गएको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार यो शिक्षालयमा नेता तथा कार्यकर्ता व्यवस्थापन गर्ने भर्ती केन्द्र नै बन्न पुगेको ती स्थानीयको बुझाइ छ ।
स्रोतका अनुसार शिक्षालय प्रमुख बसाैंलाकाे करिब १५ दिनअघि नै सरुवा भइसकेको छ । उनको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका कार्यालयमा १५ दिन अघि नै सरुवा भइसकेको हाे। शिक्षालय प्रमुख पालुङटार प्रवेशसँगै हरेक वर्ष भर्नादेखि परीक्षामा सङ्लन विद्यार्थीले प्रश्न पत्र नपाउने, प्रयोगात्मक परीक्षामा राजनीतिक तथा व्यक्तिगत रिसइवी साँधेर फेल गराउनेदेखि अनेकौँ हर्कत गर्दै आइरहेका छन् । यसमा मुलत, स्थानीय सरकार र शिक्षालयलाई नियमन तथा अनुगमन निकायको मुख्य कमजोरी रहेको स्थानीयको बुझाइ छ।
जिल्ला प्रशासन कार्यालय, गोरखामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शिक्षालयको पदेन अध्यक्ष हुने व्यवस्था छ । यसमा प्रजिअ अन्तर्गत रहेका संगठनात्क संरचनाले अनुगमन तथा नियमन गर्नुपर्ने हो । तर, पछिल्लो समय शिक्षालय प्रमुख बसौँला सत्ता र शक्तिका आडमा शिक्षालय भित्रै नै गुन्डाहरू प्रवेश गराएर शिक्षालयलाई नै बदनाम बनाउन् उद्यत भएकाे स्थानीयकाे बुझाइ छ ।
सघै विवादमा शिक्षालय
शिक्षालयमा पछिल्लो समय बेथिति मौलाउन थालेको विषय बाहिरिन क्रमिक रूपमा सार्वजनिक भइरहेको छ। शिक्षकले व्यक्तिगत प्रतिसोध राखेर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न थालेपछि शिक्षालयको बेथिति सार्वजनिक भएको हो । शिक्षालयका शिक्षक ई.आशिष रानाभाटले डिप्लोमा इन सिभिल इन्जिनियरिङ विषयमा अध्ययनरत विद्यार्थी श्यामहरि संग्रौलाको तेस्रो र चौथो सेमेस्टरमा प्रयोगात्मक परीक्षामा फेल गराएपछि पछिल्लो समय विवादले झन् उग्र रूप लियो ।
शिक्षक रानाभाटले अध्यापन गराउने सर्भे विषयमा प्रत्येक सेमेस्टरमा सिटिईभिटीले लिएको बाह्य परीक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण गरे पनि पटक पटक लिइएको प्रयोगात्मक परीक्षामा फेल गराएपछि विवाद चुलिएको हो ।
शिक्षक रानाभाटले पछिल्लो समय पनि आफू निकटका विद्यार्थीलाई मात्रै छानी छानी पढाउने गरेको विद्यार्थीले बताउँछन् ।शिक्षक रानाभाटले ४० पुर्णाणङक परीक्षामा अन्य सबै विद्यार्थीलाई ४० मा परीक्षा लिएको र संग्रौला विद्यार्थीलाई मात्रै २० पूर्णाङ्कमा परीक्षा लिएर २० मा १२ नम्बर दिएर ४० मा १२ बनाएर नियतवश फेल गराएको विद्यार्थीको आरोप रहेको छ ।
शिक्षालयमा नेविसंघकाे प्रवेश
शिक्षालय स्रोतका अनुसार शिक्षालय प्रमुख बसाैंलाकाे सरुवा पत्र हात परेपछि उनी सिडियाे भेट्न जान्छु भन्दै गोरखा गएका थिए। उनी गोरखा नगई कुनै हाेटलमा बास बसेको दाबी छ । उनले त्यही हाटलेमा बसेर शिक्षालय सक्काउन योजना बनाएको ती स्रोतको दाबी छ । तर, शिक्षालय प्रमुख बसौँला भने यो विषयमा कुरा गर्न चाहन्न ।
शिक्षक रानाभाटको कार्यशैली प्रति नेपाल विद्यार्थी संघ, गोरखाले एक विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको छ । त्योसँगै नेबिसंघले शिक्षालयमा टोले गुन्डा लगेर दादागिरी देखाएको भन्दै शिक्षालयमा रहेको प्राविधिक विद्यार्थी समाजले आरोप लगाएको छ । समाजले निविसंघकाे विरोधमा शिक्षालयमा तालाबन्दी समेत गरेको छ ।
शिक्षालय प्रमुख बसौँला पालुङटार बसाइ दुखद बनेको छ । प्राय कार्यालयमा नबस्ने, काठमडौंलगायतका ठाउँमा बस्ने, विद्यार्थीको समस्यामा बेबस्ता गर्ने, उल्टै हप्काएर पठाउने, छोटो अवधिको तालिम गर्ने गरेको भन्दै शिक्षालय प्रमुख बसौँला विवादमा पर्दै आइरहेका छन्।
प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित सिटिईभिटी, पोखराको टोलीले प्राविधिक शिक्षालयको अनुगमन गरेको छ । सोमबार पालुङटार पुगेको टोलीले शिक्षालय प्रमुखसहित सरोकारवालासँग छलफल गरेको थियो ।
अहिले नयाँ भर्नासँगै पुन परीक्षा दिन परीक्षा फर्म भर्ने समयमा भएको विवादले विद्यार्थीमा नकारात्मक असर पर्ने भन्दै प्राविधिक विद्यार्थी समाजले पठनपाठन नियमित हुनुपर्यो, विद्यार्थीको जिन्दगी माथि खेलबाड गर्न नपाइने, छात्रावासमा सुरक्षाको अनुभूति हुने गरी होस्टेल वार्डेन र सुरक्षा गार्डको व्यवस्था हुनुपर्ने, प्रशिक्षकहरू माथि गुण्डागर्दी शैलीमा भएको दुर्व्यवहारको सत्य तथ्य छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने, चौथो सेमेस्टरको परीक्षा फारम भर्न पाउनु पर्ने र भर्नालाई विशेष ध्यान आग्रह गर्दै तालाबन्दी गरेको छ ।