पाेखरा– नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छ ।
बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले गुरुङलाई प्रदेश इन्चार्जको जिम्मेवारीद दिने निर्णय गरेको हाे ।
यस भन्दा पहिला प्रदेश इन्चार्जको जिम्मेवारी पार्टी सचिव गोकर्ण विष्टले पाएका थिए । पार्टीले संसदीय जिम्मेवारीमा रहेका नेताहरूलाई भूगोलको जिम्मेवारी नदिने कार्यविधि बनाएपछि प्रदेश इन्चार्जको जिम्मेवारी गुरुङले पाउका हुन्।
प्रदेश संरचना बनेपछि प्रदेश संयोजकको जिम्मेवारी पाएका गुरुङले लामो समयपछि प्रदेश इन्चार्जको पुनः जिम्मेवारी पाए ।
पञ्चायतकलामा धौलागिरि क्षेत्रमा संगठन विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै साबिक धौलागिरि अञ्चल इन्चार्जका रूपमा समेत गुरुङले लामो समय जिम्मेवारी समालेका थिए। २०६२/०६३ को जनआन्दोलनमा धौलागिरि इन्चार्जको रूपमा गुरुङले आन्दोलनको अगुवाइ गरेका थिए ।
एमाले सचिवालय बैठकले कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लिलानाथ श्रेष्ठ, बागमती प्रदेशमा डा.राजन भट्टराई, लुम्बिनी प्रेशमा पद्मा अर्याल, कर्णाली प्रदेशमा गोरख बहादुर बोगटी र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।