खेत छ – बाँझो छ ।
बारी छ – बाँझो छ ।
गाउँमा घर छ – श्रम गर्ने युवा छैनन् ।
कहिँकतै,
मिहिनेत गरेर फलाएका फल छन् – बजार नपाएर जसरी फल्यो , त्यसैगरी झरिरहेछन् ।
हामी बाँचिरहेको नेपाली समाजको दुखत धरातलीय यथार्थ यही त हो नि है ।
..
शरीर देशमा छ – आत्मा विदेशतिर भड्किरहन्छ ।
शरीर विदेशमा भए आत्मा देशतिर !
..
मेरो गाउँ उजाड छ ।
किसानका बोटमा फलेका लोकल नास्पातीले बजार नपाएको देख्दा , स्थानीय नेतृत्व चुपचाप रमिदे देख्दा अब निकट भविष्यमै आउन सक्ने निराशाको चित्र प्रस्ट आइहाल्छ ।
…
अब,
धरातलीय यथार्थमै फर्कियौँ है एकै छिन !
सिरानचोक गाउँपालिकामा अहिले विभिन्न बडामा नास्पाती फलेको र बजार अभाव भएको कुरा सुन्दै आएको छौँ । सिरानचोक गाउँपालिका- ५, छाेप्राकमा धेरै किसानले आफ्नो नास्पातीले बजार नपाए पछि दुखी हुँदै दाउरा काटेकोसम्म गुनासो गर्दै भन्नु भो ।
एक मात्र कारण , बजार अभावले ।
वार्षिक लाखौँ रुपैयाँ घाट सहँदै आएका छौँ ।
…
धेरै त थाहा छैन । तर, पुर्खाको कुरा देखी आफूले पढेको अलिअलि किताबका कुरासम्मले नास्पातीको फाइदा प्रशस्त देखाएका छन् ।
म आज यो लेखमा त्यसैबारे केही चर्चा गर्नेछु ।
..
मौसम अनुसारको फल सेवन गर्नुपर्छ । प्रकृतिले हामीलाई कुनै पनि फल त्यही सिजनमा उत्पादन गरिदिएको छ, जति बेला शरीरलाई त्यसमा रहेको पोषक तत्त्व आवश्यक हुन्छ ।
अहिले नास्पातीको सिजन छ । बजारमा नास्पाती किनबेच भइरहेको देखिन्छ ! यो फल स्वादिलो हुन्छ भनेर त भनिरहनु पर्दैन । नास्पाती स्वास्थ्यका लागि कति फाइदाजनक छ भनेर बुझ्नुभयो भने तपाईँले आजैदेखि यो फलको खपत बढाउनुहुनेछ !
नास्पातीको फाइदा :
नास्पातीको सेवनले फोक्सोको क्यान्सर रोक्ने देखि पेटको क्यान्सर हुनबाट समेत जोगाउँछ । यसमा हाइपो एलजेर्निक तत्त्व हुने भएको यसको सेवनले स्वास्थ्यमा कुनै नकारात्मक असर गर्दैन ।
नास्पातीको सेवनले आँखा धमिलो हुने समस्या कम गर्नुका साथै मुटुको धमनी बिग्रनबाट जोगाउँछ । हालैमा गरिएको एक अनुसन्धानले के पत्ता लगाएको छ भने नास्पातीको बोक्रामा एन्टीअक्सिडेन्ट क्वेरसेटिन पाइन्छ, जसले अल्जाइमर हुनबाट समेत जोगाउन मद्दत गर्छ ।
यसमा पाइने उच्च फाइबरले कोलोन क्यान्सर हुनबाट समेत जोगाउँछ । नास्पातीमा ग्लूटेथाइन नामक एन्टी अक्सिडेन्ट तथा एन्टी कार्सिनोजेनिक तत्त्व पाइन्छ, जसले उच्च रक्तचाप तथा स्ट्रोक हुनबाट जोगाउँछ । यसमा पाइने फु्रक्टोस तथा ग्लुकोज शरीरलाई तागत प्रदान गर्ने प्राकृतिक स्रोतहरू हुन् ।
कस्ता कस्ता पोषकतात्व हुन्छ नास्पातीमा ?
नास्पातीमा भिटामिन ए, बी १, बी २, फोलिक एसिड लगायतका तत्त्व पाइन्छ । त्यस्तै, पोटासियम, कपर, फस्फोरस लगायतका खनिज पदार्थ पाइन्छ । क्याल्सियम, आइरन, म्याग्नेसियम, सल्फर, क्लोराइन तथा सोडियम जस्ता तत्त्व नास्पातीका कम हुन्छ । केही प्रकारका नास्पातीमा भने आइरनको मात्रा धेरै हुन्छ । यदि नास्पाती काट्दा दुवै भागमा खैरो देखिएमा भने त्यसमा आइरनको मात्रा धेरै भएको बुझ्नु पर्छ ।
किन खाने नास्पाती ?
१. कब्जियत कम गर्न :
नास्पातीमा पेक्टिन हुन्छ, जसले दिशा खलास गर्न मद्दत गर्छ । कब्जियत भएमा नास्पातीलाई साधा तथा जुसको रूपमा पनि सेवन गर्न सकिन्छ ।
२. वजन घटाउन :
वजन घटाउन चाहनेका लागि नास्पाती राम्रो विकल्प हुनसक्छ । नास्पातीमा क्यालोरीको मात्रा कम हुने भएकोले यो स्वास्थ्यका लागि लाभदायक मानिन्छ । भोक नलाग्नको लागि नास्पातीलाई रातको समयमा सेवन गर्न सकिन्छ । नास्पातीमा प्रशस्त मात्रामा फाइबर हुने भएकोले यसले तपाईँलाई लामो समयसम्म भोक लाग्न दिँदैन ।
३ . अमिलो पानी कम गर्न :
छाती पोल्ने समस्या, अमिलो पानी, तथा अपचको समस्या भएमा नास्पातीको सेवन राम्रो मानिन्छ । यसले पेटमा रहेको एसिडलाई सोसेर अमिलो पानी आउनबाट जोगाउँछ ।
४ . कोलेस्ट्रोल घटाउन :
नास्पातीमा पेक्टिनको मात्रा उच्च हुन्छ । त्यसैले, उच्च रक्तचापका बिरामीहरूलाई चिकित्सक नास्पाती खान सल्लाह दिने गर्छन् । यसमा भएको पेक्टिन र फाइबरले शरीरमा कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्छ । नास्पातीको बोक्रामा समेत पेक्टिन पाइने हुँदा नास्पातीको सेवन गर्दा ब्रोका नफाली सेवन गर्न सल्लाह दिइने गरिने ।
५. मधुमेहमा :
कम क्यालोरीयुक्त तथा कार्बोहाइड्रेटकाे मात्रा कम हुने भएकोले चिकित्सकहरू प्राय मधुमेहका बिरामीलाई नास्पाती खान सल्लाह दिने गर्दछन् । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रित हुने गर्दछ ।
नास्पातीको स्वादलाई अझ बढाउन यसमा सुगर फि्र, फ्याट फि्र कि्रमकेा प्रयोग गर्न सकिन्छ ।
६ : बाझोपन हटाउन :
हर्मोनको गडबडीका कारण कयौँ महिलामा बाझोपनाकाे समस्या हुने गर्दछ । ताजा तथा स्वस्थ फलफूल खाएर पनि शरीरमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न सकिन्छ । फलफूलमा प्राकृतिक गुलियोपना हुने गर्छ, जसले प्रजनन स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्छ । त्यति मात्र हैन, नास्पातीमा विभिन्न किसिमको भिटामिन तथा मिनरल्स पाइन्छ गरे शरीरको प्रतिरोधी क्षमतालाई मजबुत बनाई बाझोपनको समस्या कम गर्न मद्दत गर्छ । यी सबै उद्याउँदै किन ओझेलमा छ सिरान चोक नास्पाती ? अर्ग्यानिक, बिसादि रहित !
…
गाउँ गाउँमा सिंहदरबार आएको छ भन्छन् ।
विश्वको सबैभन्दा उत्कृष्ट संविधान लेखिएको छ भन्छन् ।
स्थानीयको बोटमा फलेको यस्तो बहु उपयोगी फल त्यसरी कुहिएर सकिँदा फल स्वयंले आफैँलाई कति धिक्कार्छ होला ?