काठमाडौं– टेलिकम सेवा प्रदायक एनसेलको सेवामा समस्या आएको छ। एनसेलबाट हुने कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको हो।
एनसेलले अपराह्न ३ः४८ बजेबाट सेवाहरू प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको जनाएको छ। सेवा अवरुद्ध हुँदा एनसेलका उपभोक्ता प्रभावित भएका छन्।
कम्पनीले सेवा अवरुद्ध हुँदा भएको असुविधाप्रति ग्राहकसँग सामाजिक सञ्जालमार्फत क्षमा मागेको छ। उसले सेवा यथाशिघ्र सुरु गर्नका लागि तदारुकता साथ काम भइरहेको उल्लेख गरेको छ।
साथै कम्पनीको मोबाइल एप समेत चल्न सकिरहेको छैन ।
तर एनसेलबाट नेपाल टेलिकमका मोबाइल नम्बरहरूमा भने सम्पर्क भइरहेको छ । नेटवर्कको समस्या मधेस प्रदेश बाहेक देशव्यापी रूपमा देखिएको छ ।
पोखरामा रहेको एनसेलको डेटा सेन्टरलाई जोड्ने अप्टिकल फाइबर काटिएपछि देशव्यापी रूपमा कम्पनीको सेवा प्रभावित भएको एनसेल स्रोतले जनाएको छ ।
याे पनि,
एनसेलको लाइसेन्स नवीकरण नगर्ने सरकारको तयारी, ‘धराशायी हुन सक्ने चिन्ता’