काठमाडौं- प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीले काठमाडौंको बानेश्वरस्थित समाज डेन्टल हस्पिटलमा विशेष छुट पाउने भएका छन्। बैंकले यससम्बन्धमा हस्पिटलसँग सम्झौता गरेको जनाएको छ।
सम्झौताअनुसार हस्पिटलको दन्त स्वास्थ्य सेवामा बैंकका कर्मचारी र कर्मचारीका परीवारजनले १५ प्रतिशत तथा ग्राहकहरूले १० प्रतिशत छुट पाउनेछन्। समाज डेन्टलका सम्पूर्ण शाखाहरूमा यो सेवा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ।
छुटसम्बन्धी सम्झौतामा हस्पिटलका निर्देशक श्रेया पाँडे र बैंकका बागमती प्रदेश प्रमुख सुदेश कुमार देवकोटाले हस्ताक्षर गरेका थिए।
ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३ सय १५ शाखा कार्यालयहरू, २ सय ८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।
साथै, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ ।